Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गरिने



काठमाडौं, २० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । उक्त बैठकमा अब संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने बुझिएको छ। स्रोतकाअनुसार कांग्रेसले नेकपा दाहाल–नेपाल समूह र जसपा नेपालसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यही विषयमा आज सभापति शेरबहादुर देउवाले ब्रिफिङ गर्ने भएका छन् । भोलि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

२३ गतेको संसद बैठकमै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तीन दलबीच सहमति, नयाँ प्रधानमन्त्रीमा देउवाको नाम !

हिजोमात्रै सभापति देउवाले चितवनको एक कार्यक्रममा आफू प्रधानमन्त्री खोज्दै नहिँड्ने तर अवसर आए नछोड्ने प्रतिक्रिया दिएका थिए । उनले कांग्रेसले प्रधानमन्त्री नमाग्ने तर अवसर आए नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक बस्दैछ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्