Logo

सांसदको हस्ताक्षर बोकेर दाहाल–नेपाल समूह निर्वाचन आयोग जाँदै, आउला त निर्णय ?



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ । दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ। आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।

दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

नेकपा फुट जोगाउने थपलियाको चाहना, निर्वाचन आयोग ‘पर्ख र हेर’मा 

यी हुन् प्रचण्ड-माधव समूहको नेकपाले दाबी गरेको ९२ सांसद (सुचीसहित)

प्रमुख निर्वाचन आयुक्तसँग महेश बस्नेतको एक घण्टा एक्लाएक्लै भेटवार्ता

एक सांसदले दिएको जानकारीअनुसार आज दिँउासे १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिनानाथ शर्मा लगायतका नेताहरू आयोगको कार्यालय जाने भएका हुन् ।  यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए । हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए ।

निर्वाचन आयोगले पनि नेकपाको आधिकारिकताबारे आज/भोलिनै निर्णय दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयुक्तहरुसँग यसबारेमा अन्तिम छलफल गरिरहेका छन् । आयोगले विधान, विगतका नजिर र दलसम्बन्धी ऐनलाई टेकेर निर्णय दिन लागेको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्