काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले गरेको शान्ति सम्झौतापछि निकै प्रफुल्ल देखिन्थे । उनलाई जब मञ्चमा सम्बोधनका लागि डाकियो उनले रोचक ढंगले बोल्न थाले ।
आजैमात्र नख्खु कारागारबाट छुटेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई बधाई दिए । उनले भने,‘यति छिट्टै जेलबाट छुट्न पाए पो आफू त १४ वर्ष परियो ।’
धर्मेन्द्र बास्तोला केही महिनाअघि मात्र पक्राऊ परेका थिए । उनी शान्ति सम्झौता अगावै रिहा भए । ओलीले अन्य नेता कार्यकर्ता पनि धमाधम छुट्ने बताए ।
ओलीले गत वर्ष पृथकतावादी गतिविधि गर्दै आएका सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको स्मरण समेत गराए । उनले विप्लव पनि मूलधारमा आएको बताए ।
विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)
सरकार र विप्लव समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर (भिडियोसहित)
विप्लवद्वारा घुमाउरो तरिकाले ‘जनमतसंग्रह’ को प्रस्ताव (भिडियोसहित)