काठमाडौं, फागुन २७ । सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि एमालेले सुदूरपश्चिममा पनि गाउँ तथा नगर, जिल्ला र प्रदेश कार्यालयको साइन बोर्ड फेरिरहेको हो। तर धनगढीमा एमालेको प्रदेश कार्यालयमा साइन बोर्डसँगै पार्टीका इन्चार्जको नेम प्लेट समेत फेरिएपछि नेता कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ।
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षीय नेता कार्यकर्ताबीच भनाभन मात्र नभएर हात हालाहाल भयोु भने पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्टको नेम प्लेट अर्को समूहले निकाल्ने प्रयास गर्यो।
सोही क्रममा ओली समूहले प्रतिवाद गर्दा दोहोरो झडप हुन पुगेको छ। झडपका क्रममा दुवै समूहका केही नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ। अहिले पार्टी कार्यालयलाई प्रहरीले सुरक्षा दिइरहेको छ।