Logo

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पेश गरे पार्टीको नाम फेर्ने प्रस्ताव



काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ । पेरिसडाँडामा जारी बैठकमा पार्टीको नाम फेर्नेबारे प्रस्ताव अघि सारिएको छ । अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम फेर्ने र बृहत्त वामपन्थी एकतालाई जोड दिने प्रस्ताव राखेका छन् ।

एक नेताका अनुसार आजबाट सुरु भएको बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । उनकाअनुसार सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा अघि सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्