काठमाडौं, २ चैत्र । हिजोदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । दुई दिनदेखि बसेको बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समिक्षा भएको थियो । पार्टीको संगठनात्मक अवस्थाबारे नेताहरुले ब्रिफिङ गरेका थिए ।
आजको बैठकमा सत्ता समिकरणको लागि नेतृत्वले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपा नेपालसँग निरन्तर सम्वाद गर्ने निर्णय भएको छ । त्यस्तै, आजको बैठकमा सर्वोच्चमा पुनरावलोकनमा जाने पनि निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जनाए । File Photo/ReportersNepal