Logo

माधव नेपाल पक्षको बानेश्वरमा छुट्टै बैठक, ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गर्दै



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बानेश्वरमा सुरु भएको छ । उक्त बैठकमा नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरु उपस्थित् रहेको बुझिएको छ । आज विहानमात्रै पार्टी मुख्यालय धुम्बाराहीमा ओली पक्ष र नेपाल पक्षका ११ जना नेताहरुको उपस्थितिमा बैठक बसेको थियो ।

उक्त बैठकमा ठोस सहमति नभएपनि कसरी अघि बढ्ने ? भन्नेबारे विस्तृत रुपमा कुराकानी भएको थियो । आजको बैठकमा आफूहरुले फागुन २८ गते गरेको बैठक अवैधानिक भएको भन्दै त्यो दिन गरिएका सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको नेता भीम रावलले जनाएका छन् ।

उता, ओली पक्षले भने नेपाल पक्षले आयोजना गर्ने राष्ट्रिय भेला नगर्न आग्रह गरेको थियो । अहिले बानेश्वरमा जारी बैठकमा वरिष्ठ नेता नेपालले धुम्बाराहीमा ओली समूहसँग भएका छलफलका बारेमा ब्रिफिङ गर्ने एक नेताले जनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्