काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सुरु भएको छ । शितलनिवासमा पुरु बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु पुगिसकेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी छन् ।
नेकपा (माओवादी केन्दू) बाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी छन् । जसपाबाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो छन् । नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी छन् । र, अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी छन् ।