काठमाडौं, ४ फागुन । नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।
२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।