Logo

पूर्वमन्त्री जोशीको स्वास्थ्य उपचारका लागि सरकारद्वारा १० लाख सहयोग घोषणा



काठमाडौं, ६ चैत्र । मस्तिष्कघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीबारे सरकारले चासो लिएको छ । आज उपप्रधानमन्त्री इश्वर पोखरेल नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्था बुझेका थिए । उनले जोशी परिवारलाई भेटी सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराए ।

जोशीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १४ फागुनमा उनलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार भई भेन्टिलेटरबाट निकालिएको थियो । तर, फेरि समस्या आएपछि भ्यान्टिलेटरमा राखिएको थियो ।

पूर्वमन्त्री समेत रहेका जोशी काठमाडौं महानगरपालिकाको उपमेयर समेत भएका थिए । उनी पूर्व सांसद समेत हुन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्