Logo

यी हुन् असहमतिपत्र दर्ता गर्ने नेपाल-खनाल समूहका ३८ सांसद (सुचीसहित)



काठमाडौं, ७ चैत्र । नेकपा एमालेभित्र विवाद बढिरहँदा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले छुट्टै भेला तथा बैठकहरु गर्दै आएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा नेपाल-खनाल समूहका नेताहरु अनुपस्थित भए ।

संसदीय दलको बैठकमा उपस्थित भएका बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने अनुपस्थित भए । उनले आफूलाई पार्टीको ह्वीप नलाग्ने तर्क समेत गरेका थिए ।
एमाले संसदीय दलको बैठक चलिरहँदा नेपाल खनाल समूहका नेताहरु पुगेर असहमति पत्र दर्ता गरे । सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेर ५ बुँदे असहमतिपत्र बुझाएका थिए । जसमा ३८ सांसदको हस्ताक्षर छ ।

असहमतिपत्रमा विधि विधान मिचिएकाले बैठकमा उपस्थित हुन नसकिने उल्लेख छ । पार्टीको विधि मिचेर मनोयन गरिएकाहरुसँग एकै ठाउँमा रहन नसकिने समेत भनिएको छ ।

हस्ताक्षर गर्नेहरुमा पहिलो नम्बरमा झलनाथ खनालको नाम छ । माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, योगेश भट्टराई, झपटबहादुर रावल, डा. दिपकप्रकाश भट्ट, कृष्णलाल महर्जनलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्