Logo

पहाडी युद्धकला जानेका सैनिकले यसरी निकाले भीरबाट शव



काठमाडौं, ८ चैत्र । काभ्रेपलाञ्चोकको बेथानचोकस्थित नारायणस्थान मन्दिरको भीरबाट खसी धुलिखेल नगरपालिका ७ का निरोज रिजालको मृत्यु भयो । कठिन भीरमा खसेको शव निकाल्न निकै मुश्किल भयो ।

नेपाली सेनाको कालीजंग गणबाट विशेष टोली पुग्यो । माउन्टेन वारफेर तालिमप्राप्त टोलीले ज्यादै कठिन र चुनौतीपूर्ण स्थानबाट शव निकाल्यो ।

झण्डै सात सय मिटर तल पुगेको शव निकालेर सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको जानकारी दिएको छ । तस्बिर स्रोतः नेपाली सेना



प्रतिक्रिया दिनुहोस्