Logo

एक जनालाई ७५ लिटर मेलम्चीको पानी



काठमाडौं, चैत १० । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्