बर्दिया, १० चैत्र । मानव बेचबिखन गर्न खोजेको अभियोगमा सोमबार एकजना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका–८ लालीबजारबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।