Logo

प्रधानमन्त्री ओलीलाई भीम रावलको प्रश्न : सत्ताको दुरुपयोग गर्दै दिइएको धाक–धम्की र प्रलोभनको तथ्य अरुतिर औंलो तेर्साउँदा छोप्न सकिन्छ र?



काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणको १४ बुँदे लामो जवाफ फर्काएका छन् । नेता रावलले प्रधानमन्त्री ओलीलाई उल्टै सोधेका छन्,‘पार्टीप्रति नै जनताको विश्वास समाप्त हुनेगरी तपाईले प्रतिनिधि सभा विघटनको निर्णय गर्नुभएपछि मात्र त्यसलाई रोक्न सकिन्छ कि भनेर प्रतिनिधि सभाका सदस्यहरुले संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरेको यथार्थलाई बंग्याउने र त्यसमा प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षरलाई ‘फर्जि’ भन्ने तपाईको दुराग्रह मात्र हो भन्ने कुरा नबुझिने कुरा छ र ? लोकतन्त्र, कानूनी शासन र पार्टीको मर्यादाका लागि उभिनेहरुलाई तपाईको तर्फबाट सत्ताको दुरुपयोग गर्दै दिइएको धाक–धम्की र प्रलोभनको तथ्य अरुतिर औंलो तेस्र्याउँदा छोप्न सकिन्छ र?



प्रतिक्रिया दिनुहोस्