Logo

माधव नेपाल र भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय, पठाए पत्र



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।

अध्यक्ष ओलीले नेता नेपाल र उपाध्यक्ष रावललाई छुट्टाछुट्टै पत्र लेखेर ६ महिनाको लागि निलम्बन गरेका छन् । यसअघि पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाको लागि कारबाही गर्ने जनाएका हुन् । ओलीले ६ महिनाभित्र पनि नुसुध्रिए योभन्दापनि कडा कदम चाल्नुपर्ने हुनसक्ने पनि चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्