काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने निर्णयको भत्र्सना गरेका छन् । साथै, नेता नेपालले प्रधानमन्त्री ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
६ महिनाको लागि निलम्बन गरेको निर्णयको भत्सर्ना गर्दै रावलले भने–पूर्ण रुपमा अस्विकार गर्छु
माधव नेपाल र भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय, पठाए पत्र
आजमात्रै अध्यक्ष ओलीले नेता नेपाल र अर्का अध्यक्ष डा.भीम बहादुर रावललाई ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । ओलीले नेता नेपाल र रावललाई पत्र लेख्दै ६ महिनाभित्र नसुध्रिए यो भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । File Photo/ReportersNepal