कैलाली, चैत १८ । कञ्चनपुरमा ससुरालीमै श्रीमतीमाथि चक्कु प्रहार गर्ने श्रीमान पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ धौलागिरी टोल बस्ने ३० वर्षीय धनबहादुर सार्कीलाई श्रीमतीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सार्कीले २६ वर्षीया श्रीमती रुपा सार्कीमाथि ससुरालीमा चक्कु प्रहार गरेकाले पक्राउ गरिएको बताए।
उनकाअनुसार चक्कु प्रहारबाट रुपाको बाया कोखमा चोट लागेको छ भने अवस्था खतरा मुक्त छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।