Logo

किशुनजीको सपना साकारः मेलम्चीको पानी काठमाडौंवासीको घरमा



काठमाडौं, २० चैत्र । २३ वर्ष अघि नेपाली काँग्रेसका तत्कालीन सभापति एवं तत्कालीत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने उद्घोष गरेका थिए । उनले भनेका थिए, ‘अब मलाई जिताउनुहोस्, अब म पानी ल्याउँछु ।’ यसो भन्दा हाँसोमा उडाउनेहरु समेत थिए ।

कृष्णप्रसाद भट्टराई काठमाडौंको सडकलाई मेलम्चीको पानीले पखाल्नेसम्मको चुनावी उद्घोष गरेका थिए । त्यतिबेला भट्टराईको अभिव्यक्तिलाई धेरैले हाँसाको विषय बनाए । असम्भव सपना देखाएको भन्नेसम्म रहे ।

काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजना अगाडि बढाउने महत्वाकांक्षी योजना ल्याउने नारासहित चुनावमा गएका भट्टराई प्रधानमन्त्री बनेर यसलाई कार्यान्वयनतर्फ बढाए पनि । निकै विवाद र सुस्तताबीच मेलम्चीको पानी काठमाडौंमा खसेको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक शुभारम्भ पनि गरेकी छिन् । २३ वर्षपछि मेलम्ची खानेपानी आयोजनाले पानीको वितरण शुरु गरेको छ । काठमाडौंवासीमा खुशी छाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्