Logo

विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी आइएमई रेमिट



काठमाडौं, चैत २१ । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीवार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो ।

बिहीवार आन्तरिक राजस्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो ।

यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड(१९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिकरुपमा हुन सकेको थिएन ।

यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौँ राष्ट्रिय कर दिवसका अवसरमा आइएमई सहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरिएको छ ।

आइएमई रेमिट नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करीब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्