Logo

कोरोना भाइरस उत्पत्ति रहस्यमै



काठमाडौं, चैत २१ । कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ। संगठनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना संक्रमण अघिल्लो वर्षको डिसेम्बरमा सुरु भएको अथवा सो मितिभन्दा अघि नै फैलिएको हुन सक्ने उल्लेख छ।

पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै संगठनका महानिर्देशक डा। टेड्रोस अथानोम घेब्रेससले यो रहस्य पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको देखिएको बताए।

चिनियाँ वैज्ञानिकसमेत सहभागी रहेको उक्त टोलीले यो वर्षको १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको स्थलगत भ्रमण गरेको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्