काठमाडौं, २१ चैत्र । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो चाहना र निर्णय आत्मघाती हुने टिप्पणी गरेका छन् । हिजोमात्रै, कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज थापाले यस्तो टिप्पणी गरेका हुन ।
थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो।कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता,भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ।‘