काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) को माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी एकताको पक्षमा दुई महिने अभियान घोषणा गरेको छ । आज बसेको बैठकले यस्तो घोषणा गरेको एक नेताले जानकारी दिए ।
त्यस्तै, आजको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको पक्षमा फर्किनको लागि पनि आग्रह गरेको छ । नेपाल पक्षले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाउन लागेको हो । File Photo/ReportersNepal