काठमाडौं, २२ चैत्र । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बुद्धनगरस्थित युएन पार्कको स्वामित्वमा रहेको भूमाफियाको कब्जामा रहेको जग्गा फिर्ता ल्याउदाको रोचक प्रसंग सुनाएका छन् । भूमाफिया पूर्णतण्डुकार लगायतले बुद्धनगरस्थित करिब साढे दुई रोपनी जग्गा लामो समयदेखि हडपिरहेका थिए ।
त्यो जग्गा भूमाफियाको कब्जाबाट बाहिर निकालेर अहिले पार्क निर्माणका लागि उनले संसद पूर्वाधार विकास कोषबाट २० लाख बजेट हालेका छन् । उनले उक्त जग्गा भूमाफियाबाट फिर्ता ल्याउँदा साउथ इन्डियन फिल्मको स्टायलमा फिर्ता ल्याएको बताए ।
आर्थिक प्रभावमा परेर युएन पार्कले अधिकारीले स्वामित्व ग्रहण गर्न नमानेपछि आफै सक्रिय भएर उक्त जग्गा फिर्ता ल्याएको उनले बताए । सार्वजनिक जग्गा संरक्षण गर्न जाँदा आफूलाई मार्ने धम्की दिएपनि आफू मर्न तयार रहेको उनको जवाफ छ । त्यो जग्गा सम्बन्धी मुद्धा गुणनिधि न्यौपाने लगायतले निशुल्क लडेको उनको भनाई छ ।