काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) बाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले पद तथा गोपनियताको सपथ लिएकी छन् । आइतबार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम