काठमाडौं, २३ चैत्र । कुमारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरेर मनाएको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको गरेको जनाएको छ । पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले उक्त सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।
बैंकले हालसम्म देशभरी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।