Logo

दिपक बोहराद्वारा राप्रपा नछाड्ने दाबी



काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहराले कुनै हालतमा पार्टी नछाड्ने दाबी गरेका छन् । उनले आफू किंचित विचलिननहुने र राप्रपाको नीति सिद्धान्तप्रति प्रतिवद्ध हुने समेत बताएका छन् ।

दिपक बोहरा राप्रपा छाड्दै‘ शिर्षकमा रिपोर्टर्स नेपाल डट कमले समाचार प्रकाशित गरेपछि उनले सामाजिक सञ्जालमा यसलाई प्रायोजित र भ्रमपूर्ण भनेका छन् । तर, बोहराले राप्रपाबाट अन्य दलमा जान छलफल बढाएको प्रमाण रिपोर्टर्स नेपालले फेला पारेको छ । त्यसैका आधारमा समाचार प्रकाशित गरेको हो । बोहराले विभिन्न चरणमा राजपाका नेताहरुसँग कुराकानी समेत गरेका छन् ।

बोहराले भने आफ्नो लोकप्रियता प्रति आत्तिएर विरोधी पक्षले प्रायोजित र भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन् । उनले पार्टीको बृहत्तर एकताबाट आत्तिएका तत्वहरु इस्तो हतकण्डा अपनाउन बाध्य भएका हरुले संचारगृहलाई दुरुपयोग गर्न थालेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्