Logo

बादलबाहेक ओली सरकारमा पार्टीबाट मन्त्री बनेका सबैलाई माओवादीले कारबाही गर्यो, संसद सचिवालयमा पत्र



काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संघीय संसद सचिवालयमा दर्ता भएको छ । चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो ।

यसअघि पार्टीले उनीहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । ती मन्त्रीहरुले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने उद्घोष गरेका थिए ।

पार्टीका सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई साथ दिने पार्टीबाट मन्त्री भएकाहरुलाई अब पार्टीमा ठाउँ नभएको बताएका थिए । तर, पार्टीले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई भने कारबाही गरेको छैन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्