Logo

नेपालीलाई कोरिया खुकुलो



काठमाडौं, चैत २५ । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए। दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ ।

दक्षिण कोरिया सरकारअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी)ले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो । एचआरडीले देशअनुुसारको कोटा अहिलेसम्म निर्धारण नगरेपछि नयाँ तयारी गर्नेहरू भने अझै अन्योलमा छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले ईपीएसअन्तर्गत सन् २०२१ का लागि कोरिया सरकारले विदेशी श्रमिकका लागि ५२ हजार कोटा निर्धारण गरेको छ तर देशगत रूपमा कोटा छुुट्याइएको छैन । त्यसले गर्दा भाषा परीक्षा कार्यक्रममा अन्योल कायमै छ ।

शाखाका निर्देशक गौतमले भाषा परीक्षण सञ्चालनका लागि एचआरडीले आन्तरिक तयारी गरिरहेकाले भाषा परीक्षण हुुने निश्चित भए पनि समयबारे भने अझै अनिश्चित रहेको बताए। एचआरडीसँगको कुुराकानीमा परीक्षा हुुने भनिए पनि कहिले गर्ने भन्ने विषय स्पष्ट नपारेकाले आफूहरूले भन्न नसकेको उनको भनाइ छ ।

शाखाका अनुसार कोरियाले २०२१ मा नेपालबाट यति नै श्रमिक लैजाने भनेर कोटा छुटाएको छैन । कोरियाले विदेशी श्रमिक लिन ईपीएस कोरियन भाषा सञ्चालन गर्दै आएको छ । नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्