काठमाडौं, २७ चैत्र । अध्ययन बिदा कटौती भएपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायमा कार्यरत अ.न.मीहरु पीडामा परेका छन् । उनीहरुले अध्ययन बिदाको सुविधामा भएको कटौतिको पुनः व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
स्वास्थ्य मन्त्रालय पुगी ५० जना अ.न.मीहरुले सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले अध्ययन बिदा सुविधा कटौती गरी निरुत्साहित गर्न खोजिएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ज्ञापनपत्र बुझाउनेहरुमा दुर्गम जिल्लाहरुमा कार्यरत अनमिहरुको उल्लेख्य संख्या छ ।