Logo

जनमत पार्टीको अध्यक्षमा राउत चयन, महासचिवमा चन्दन सिंह निर्वाचित



काठमाडौं, ३० चैत्र । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेपनि मतदान गराइएको थियो । ४४ सय ४० मत खसेकोमा राउतले २३ सय २ मत प्राप्त गरेको जनाईएको छ ।

राउतको सचिवालयले सामाजिक सञ्जाल फेशबुकमा सेयर गरिएको मत परीणामअनुसार सातजना उपाध्यक्षमध्ये मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरीले मात्र उम्मेदवारी दिएका थिए । यद्यपि सो पदमा पनि मतदान गराइएको छ ।

 

महासचिवमा एकल उम्मेदवार बनेका चन्दनकुमार सिंह १५ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् । यस्तै केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन् । महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्