Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक नैतिकताको प्रश्न (शुभकामना सन्देशसहित)



काठमाडौं, ३१ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकताको प्रश्न उठाएका छन् । आज साँझ २०७८ सालको शुभकामना सन्देश दिदै राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने भन्दै यस्तो प्रश्न उठाएका हुन् ।

शाहले निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनुपर्ने समेत बताए । शाहले शुभकामना सन्देशमा भनेका छन्,‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनु पर्दछ ।’

उनले देशमा नेपाली फुटेर नभई जुटेर बढ्नुपर्ने बताए । उनले भनेका छन्,‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ ।’

आपसी भाँडभैलो अनमेल र द्वन्द्वको अन्त हुनुपर्नेमा पूर्वराजाको जोड छ । उनले निमुखा र सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति त्याग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्