काठमाडौं, १ वैशाख । गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई दिइआएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन । उनले प्रेस वक्तव्य जारी गरी मुख्यमन्त्री गुरुङ्गविरुद्ध आउने अविश्वासको प्रस्तावमा जनमोर्चाले मतदान गर्ने समेत बताए । मुख्यमन्त्री गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव आउने बुझिएको छ ।
अविश्वासको प्रस्तावमा मतदान गरेपनि जनमोर्चाले गण्डकी प्रदेश सरकारमा सहभागी नहुने जनाएको छ । तर, उसले नयाँ सरकारलाई समर्थन गर्ने स्पष्ट पारेको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समिकरण बन्न लागेको छ । तर, नयाँ समिकरणमा जनमोर्चा सहभागी हुनेछैन । उसले बाहिरैबाट नयाँ सरकार बनेमा साथ दिने जनाएको छ ।