Logo

रु रु जलविद्युतको शुक्रबार आइपीओ बाँडफाँट हुने



काठमाडौं, २ बैशाख । सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा रु रु जलविद्युतले भोली बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आइपीओ शुक्रबार (भोली) बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गर्नेे भएको हो ।

आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको जनाएको छ । कम्पनीले चैत्र २० गतेदेखि १०० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको कुल कित्तामध्ये कर्मचारीहरुको लागि ८ हजार १५४ कित्ता, सामुहिक लगानी कोषका लागि २० हजार ३८५ कित्ता शेयर छुट्टाएको थियो । बाकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्