काठमाडौं । नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक इकाईले डीनको कार्यालयमा तालाबन्दी गरेको छ । डिनको कार्यालयले समयमै नतिजा प्रकाशनको माग गर्दै नेवि संघले मंगलबार तालाबन्दी गरेको हो ।
अध्यक्ष बबिन बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा शैक्षिक माफियाहरुको जालोले प्रतिष्ठान खोक्रो भैसकेको भनिएको छ । यसलाई चिर्दै ई.अ.स.को रुपान्तरणको निम्ती नेवि. संघ पुल्चोक इकाईले गरेको भद्र आन्दोलनलाई कमजोरी सम्झेर दबाउने अनेकन दुष्प्रयास गरिएकोले मागहरुको सुनुवाई नभएसम्मका लागि डिनको कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।