Logo

एमाले कर्णाली प्रदेश कमिटीद्वारा तीन सांसद निस्काशित, ज्वालालाई निस्काशनको सिफारिश



काठमाडौं, ४ वैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशित गरेको छ । निस्काशित हुनेहरुमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतको पक्षमा मतदान गर्नेमध्येका नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाही छन्।

यसैगरी ह्वीप उल्लंघन गर्ने प्रकाश ज्वालालाई पार्टी सदस्य समेत नरहने गरी निस्काशित गर्न एमाले पार्टी केन्द्रमा सिफारिश गरिएको जानकारी दिइएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले आज प्रेस विज्ञप्ति जारी गरी कारबाहीको जानकारी दिएका हुन् ।

एमालेका ४ सांसदले हिजो फ्लोर क्रस गरेपछि कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो । यो घटनाले केन्द्रीय राजनीतिमा समेत तरंग आएको छ ।



प्रतिक्रिया दिनुहोस्