Logo

पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान



चितवन, ५ बैशाख । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहेका छन् ।

साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए । विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिए। कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अञ्जली, लकास पौडेल, तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

पौष्टिक आहारका लागि नगद

चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहारका लागि नगद प्रदान गरेको छ । खैरहनी नगरपालिका–१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजारका दरले रकम प्रदान गरेको हो ।

गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताए । उनका अनुसार यो कार्यक्रम असार मसान्तसम्म चल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्