Logo

योगश भट्टराईको दौडधूपपछि ओली-नेपाल भेटवार्ता



काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माधवकुमार नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न पत्रको तयारी गर्दै थिए । माधव नेपाल भने यसलाई रोक्न अदालतमा रिट निवेदन वारेसनामामार्फत् पठाउन पुगेका थिए ।

एमालेको औपचारिक विभाजन हुनलाग्दा यसलाई रोक्न दोस्रो पुस्ताका नेता योगेश भट्टराई अचानक सक्रिय भए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटे । ओलीसँग भेटेर एकता जोगाउने सूत्रबारे छलफल गरे ।

योगेश ओलीसँगको भेटपछि माधव नेपालसँग भेट्न पुगे । उनले एकताको सूत्रबारे छलफल गरेर भेटवार्ताको विषय राखे । ओलीसँग पनि सम्पर्क गरेर भेटको वातावरण मिलाए ।

बुधबार साँझ नक्शालस्थित होटर मेरिअटमा भेटको टुंगो लाग्यो । दुवै नेताले एकताको सूत्रबारे गम्भीर छलफल गरे ।

नेकपा एमालेलाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भइरहँदा आजको भेट भएको हो । भेटले माधव नेपालसहित २७ सांसदको पदमुक्त गर्ने ओलीको कदमलाई रोक्न अपेक्षा गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्