Logo

मौसम पूर्वानुमानः आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, बैशाख ९ । काठमाडौं उपत्यकामा आज विहानैदेखि वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमासमेत बर्षा हुने जनाएको छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिममा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ ।

देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।

आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको महाशखाले उल्लेख गरको छ।

आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्