काठमाडौं, ९ बैशाख । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समितिको अध्यक्षमा कृष्ण बहादुर खाँणलाई निर्विरोध चयन गरेको छ । वैशाख ७ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट अध्यक्षमा खाँण चयन भएका हुन् ।
सभाबाट सञ्चालकहरु संस्थापक समूहमा विकास गौचन, शान्ता कुमारी पोखरेल उप्रेती, चन्द्र बहादुर क्षेत्री र सर्वसाधारण समूहमा विश्व राज नेपाल, केशव नारायण प्रधान चयन भएका छन् ।