काठमाडौं, ९ बैशाख । आज (बिहीबार) शेयर बजार १५.८० अंकले उकालो लागेको छ । नेप्से आज ०.६० प्रतिशतले बढेर आज २६ सय ४८ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले बढेर ४७६ दशमलव ६० विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज २१४ कम्पनीको ७५ हजार १ सय ८ पटक कारोबार भएर ५ अर्ब ९१ करोड ५१ लख ३९ हजार ८ सय ८८ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर खरिद विक्रि भएको छ ।
आज होटल तथा पर्यटनको ५२ दशमलव ९२ र म्युर्चुअल फण्डको ०.०६ अंकले सुचक घटेका छन् भने अन्य सबै समुहको सुचक बढेका छन् । बिहीबार सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकको कारोबार उच्च भएको छ । बैंकको ६२ करोड २७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको आज ३४६ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ ।