काठमाडौँ, १० बैशाख । कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र सांग्रिला एग्रो प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मेगा बैंकले सांग्रिला एग्रोले ललितपुरको कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्ने जनाएको छ ।
बैंकको अनुसार सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गर्ने छ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको छ ।