काठमाडौं, १० बैशाख । नेकपा (एमाले) ले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा रामबहादुर थापालाई उम्मेद्धवार बनाउने भएको छ । आज बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी दिएका हुन् । तर, यसबारेमा औपचारिक निर्णय भने भैसकेको छैन् ।
आजको बैठकमा ओलीले भनेका थिए,‘ आउने जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा हाम्रो उम्मेदवार बादलजी हो। आवश्यक समयमा औपचारिक निर्णय गरिनेछ।’ आजको बैठकमा ओलीले माओवादी छोडेर एमालेमा प्रवेश गरेकाहरुलाई समेत चुनाव जिताईने विश्वास दिलाएका थिए ।