Logo

इन्भेष्टमेण्ट बैंकको बोनश शेयर शेयरधनीको डिम्याट खातामा



काठमाडौं, १२ बैशाख । नेपाल इन्भेष्टमेण्ट बैंकको माघ ८ गते सम्पन्न भएको साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही जम्मा गरेको छ । बैंकको ३४औं साधारण सभाबाट पारित उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा आज जम्मा हो ।

बैंकले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । अभौतिकीकरण नगरेका शेयरधनीहरुलाइृ पनि चाडै नै अभौतिकीकरण गराउन बैंकले आग्ह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्