Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी



काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले उपत्यकासहित मुख्य शहरहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय लिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने भएको बुझिएको छ ।

आजै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बस्दैछ । बैठकले निषेधाज्ञाको सिफारिश गर्ने बुझिएको छ । सिफारिशलगत्तै गृह मन्त्रालयकोतर्फबाट मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको छ ।

सम्भवत भोलि बाट नै निषेधाज्ञा जारी हुनसक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्