काठमाडौं, १३ बैशाख । सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइरालाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने छ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।
हालसम्म सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।