Logo

आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प



एजेन्सी, बैशाख १५। भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार बिहान ७ बजेर ५१ मिनेटमा ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण बिजुली बन्द भएको छ भने घर भत्किएका छन् तर क्षतिको यकिन जानकारी भने आइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्