Logo

गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित्



काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित् गरिएको छ । सभामुख नेत्रनाथ अधिकारले खाजा समय भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि सांसदरुहरुले आ–आफ्नो धारणा राखेका छन् । यद्यपि जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्रतर्फबाट निर्वाचित सांसद दीपक मनाङले बैठकमा अनुपस्थित छन् ।  उनीहरु बैठकमा अनुपस्थित् भएपछि अविश्वासको प्रस्ताव फेल हुने सम्भावना रहेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्