Logo

विदेश जान ‘ए’ वर्गको प्रयोगशालाको पिसीआर रिपोर्टमात्र मान्य हुने



काठमाडौं, १५ बैशाख । अबदेखि विदेश जाने नागरिकहरुको हकमा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र पिसीआर परिक्षणको रिपोर्टमात्र मान्य हुने भएको छ । आज एक सुचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने नागरिकहरुको हकमा सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालबाट जाँच गराइएको रिपोर्ट मात्र मान्य हने जानकारी दिएको हो ।

मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ, ‘ ‘ए’ वर्गका प्रयोगशालाहरुबाट मात्र परिक्षण हुने र त्यहाँबाट प्राप्त रिपोर्टहरुमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्