Logo

निषेधाज्ञाको असर शेयरबजारमा, ४ अर्बमा सिमित कारोबार



काठमाडौं, १६ बैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन आज शेयर बजारमा असर देखिएको छ । आज (बिहीबार) साताको कारोबारको अन्तिम दिन नेप्से २५ दशमलव ८२ प्रतिशतले बढेर २६ सय ११ दशमलव १० विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.९१ अंकले बढेर ४६९.२ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१७ कम्पनीको ५० हजार ६६ पटक कारोबार भएर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको ९८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज होटल तथा पर्यटन उपसमुहको २७.७७ अंक र इन्भेष्टमेन्ट समुहको ०.११ प्रतिशतले नेप्से सुचक घटेका छन् भने बाँकी सबै समुहको सुचक बढेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्